
काठमाडौं, चैत ३ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत १० देखि १६ गतेसम्म हुनेछ ।
चैत १० गते सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ ।
किर्गिस्तानको २३ वर्ष मुनिको टिम हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएपछि एन्फाले खालि रहेको समयमा यो प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिताका लागि बंगलादेश र किर्गिस्तान चैत ८ गते नेपाल आइपुग्नेछन ।
उनीहरुको नेपाल आएर कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र प्रशिक्षणमा सहभागि हुन पाउने छन ।
प्रतिक्रिया दिनुहोस्