
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नु भएको छ ।
गएराति ओलीले भेटौन भनेर दाहाललाई टेलिफोन गर्नुभएको थियो । जवाफमा दाहालले केही नभनेको दाहाल निकट स्रोतले जानकारी दियो ।
नेकपा एमालेमा अल्पमतमा रहेका ओलीले सोमबार एमाले नेता माधवकुमार नेपाललाई भेट्नुभएको थियो । भेटमा दुई नेताबीच तिक्तता हटाउने भनिएपनि दुई नेताबीच तिक्तता बढेको बताइएको छ ।
नेपालसँग थप तिक्तता बढेपछि ओलीले दाहाललाई सम्झनु भएको थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएको पार्टीलाई सर्वोच्च अदालतको निर्णयले विभाजित गरेको थियो ।
त्यसपछि ओली र दाहलबीच खाशै संवाद नभएको दाहालको सचिवालयले जनाएको छ ।
यद्यपि आज राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दुई नेताबीच भेट हुने भएको छ । भण्डारीले पूर्वप्रधानमन्त्रीसहितको बैठक बोलाएकोले दुई नेताबीच भेट हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्