Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी विरुद्ध चौंथो पटक म्याद थप


0
Shares

सर्लाही । नक्कली तमसुक बनाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार विरुद्ध सर्लाही जिल्ला अदालतले चौंथो पटक म्याद थप गरेको छ ।

अदालतले अनुसन्धान गर्न प्रहरीलाई आज चौंथो पटक पाँच दिनको म्याद दिएको हो ।

कुनै पनि मुद्दामा अभियुक्तलाई अनुसन्धानका लागि २५ दिन मात्रै न्यायिक हिरासतमा राख्न पाइने नियमअनुसार आज पाँच दिनको अन्तिम म्याद थपिएको हो ।

प्रहरीले परदेशीलाई गत भदौ १५ गते पक्राउ गरेको थियो ।

परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३८ जना पीडितले ठगी मुद्दा दायर गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

परदेशीमाथि दिएको ऋण भन्दा बढीको तमसुक बनाउने, दिँदै नदिएको ऋणको समेत कागज बनाउने, नक्कली तमसुकमा उल्लेख भएको ऋण नबुझाए अदालतमा मुद्दा दायर गर्ने गरेको, महिला केटाकेटीलाई अभद्र व्यवहार गर्ने गरेको लगायतका आरोप लागेका छन् ।

Skip This