Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


उतराखण्डका मुख्यमन्त्रीले भने, ‘भविष्यमा राम जस्तै मोदीको पूजा हुन्छ’


0
Shares

एजेन्सी । उतराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना भगवान रामसँग गरेका छन् ।

आइतबार सामाजिक संगठनद्धारा आयोजित एक कार्यक्रममा मोदी जिन्दावादको नारा लगाउँदै रावतले भगवान रामले समाजका लागि राम्रो काम गरेका थिए त्यसैले उनी भगवानको रुपमा पुजिन्छन् त्यस्तै हाम्रा प्रधानमन्त्री मोदी पनि भविष्यमा रामजस्तै पुजिने बताए ।

‘मोदी जिन्दावादको नाराका बीच मुख्यमन्त्री रावतले भने, ‘भगवान रामले पनि समाजका लागि राम्रो काम गरेका थिए, यसैकारण उनलाई भगवान मान्न लागे, यसैगरी भविष्यमा हाम्रा प्रिय प्रधानमन्त्री मोदीका साथ पनि यस्तै हुन्छ ।’

टाइम्स इण्डियाका अनुसार एक सार्वजनिक कार्यक्रममा रावतले विभिन्न देशका नेता मोदीसँग फोटो खिच्न लाइनमा लाग्नेसमेत बताए ।

‘यो पहिलाको विपरित हो, जब कोही विश्व नेतालाई हाम्रो राष्ट्र प्रमुखसँग केही फरक पर्दैनथ्यो, मोदीको कारण यसमा परिवर्तन आएको छ’, उनले भने, ‘यो एक नयाँ भारत हो जसलाई मोदीले बनाए ।’