१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


राजीनामा दिँदा भावुक भए कानुनमन्त्री, भने–‘ममाथि प्रहार भयो’ (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।

बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने गरेको अभिव्यक्ति दिएर विवादमा परेका मन्त्री तामाङले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

पत्नी उषाकला राईसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका मन्त्री तामाङले भावुक बन्दै आफूबाट बोल्नेक्रममा गल्ती भएको तर नारीको अपमान गर्ने आफ्नो मनसाय नभएको बताए ।

आफूले बोलेको कुराको टाउको र खुट्टा काटेर अतिरन्जितरुपमा प्रचार गरिएको भन्दै उनले त्यसबाट पार्टी र सरकारलाई अप्ठ्यारो नपरोस् भनेर राजीनामा दिएको बताए ।

राजीनामा दिनुअघि आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सुनाउँदै मन्त्री तामाङले मौलिक हकसम्बन्धी आवश्यक १५ ओटा कानुन तयार पारिसकेको जानकारी दिए ।

छोटो कार्यकालमा महत्वपूर्ण कामहरु भएको भन्दै उनले संसदमा हरदम भ्रष्टाचारकोविरुद्ध उभिरहने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचार उन्मूलन गर्ने अभियान, न्याय क्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा तथा दातृनिकायबाट नेपालमा आउने पैसा सरकारको एकद्वार प्रणालीबाट आउने व्यवस्था गर्ने कानुन बन्नेक्रममा रहेको भन्दै यिनै अभियानका कारण आफूमाथि प्रहार भएको उनको दाबी थियो ।

भिडियो हेर्नुहोस्