Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


कोरोना विरुद्धको खोपको प्रभावका कारण बेलायतमा संक्रमणमा कमी


0
Shares

काठमाडौं । बेलायतमा पछिल्लो २४ घण्टामा ६ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ सँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ४८ हजार २८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमितको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जनाएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ३४३ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या भने घटेर ८ हजार ४०४ मा झरेको छ । भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार १९४ छ । यस्तै हालसम्म दुई करोड ४७ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भइसकेको छ ।

शुक्रबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४७ लाख ५९ हजार ६०३ पुगेको छ । कोरोना विरुद्धको खोप अभियान सुरु भएयता बेलायतमा दुई करोड ३३ लाख १४ हजार ५२५ जनाले पहिलो डोज लिएका छन् भने १४ लाख ४५ हजार ७८ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि सरकारले जारी गरेको कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् । एजेन्सी