२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आज २१ औं ईमेज अवार्ड हुँदै, ओम विक्रम विष्टलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


0
Shares

काठमाडौं । २१ औं ईमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । ईमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आईरहेको ईमेज अवार्डको २१ औं संस्करण आज काठमाडौंमा हुँदैछ ।

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ गायक तथा रचनाकार ओम विक्रम विष्टलाई प्रदान गरिंदै छ ।

कार्यक्रममा २०७५ साल असार १ गते देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिङ्गल ट्रयाकहरु मध्येबाट विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

नेपाली सांगितिक उद्योेगकोे विकासमा ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गदै गीत, संगीत र साधकहरुलाई सक्दो प्रोत्साहन दिँदै आएको छ । 

काठमाडौंको होटल सोल्टीमा अपरान्ह ४ बजेदेखि हुने समारोहको ईमेज च्यानल, ईमेज एफएम ९७.९ र ईमेज न्यूज एफएम १०३.६ बाट प्रत्यक्ष प्रशारण गरिने छ ।