
काठमाडौं, फागुन २८ । अखिल नेपाल महिला (अनेम) संघले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ ।
अनेम संघले शुक्रबार पत्रकार सम्मेलन गरि भेला बारे जानकारी गराएको हो ।
भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ ।
भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ’ भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हिन तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने संघकी सचिव सुजीता शाक्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्