
बारा, फागुन २८ । बाराका स्थानीय तहमा भएको अनियमितता र भ्रष्टाचार उपर परेका सयांै उजुरीमा अख्तियार कार्यालयले बेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीय तहमा विभिन्न सामानका आपूर्तिकर्ता, ठेकेदार, एनजीओ, एलडीओलगायत बिरुद्ध परेका उजुरीमा अख्तियारले बेवास्ता गरेको र अख्तियारबाटै सुचना चुहाउने गरेको उनीहरुको दाबी छ ।
बारा जिल्ला समेत कार्यक्षेत्र रहेको अख्तियार कार्यालय हेटौडाका निमित्त प्रमुख अखण्ड शर्माले स्थानीयलाई हल्लाको पछि नलाग्न आग्रह गर्दै कोरोनाका कारण उजुरीहरु उपर अनुसन्धान ढिलाई भईरहेको बताउनुभयो ।
बाराका विभिन्न स्थानीय तहमा भईरहेका अनियमितता सम्बन्धि सयौं उजुरी अख्तियारमा परेको भने अख्तियारले स्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्