२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


मृगौला स्वस्थ राख्न मैत्रीपूर्ण खेल


0
Shares

anfa

काठमाडौं । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले एघारौ नेपाल प्रत्यारोपण मैत्रीपूर्ण खेलकुदको आयोजना गरेको छ ।

सातदोबाटो स्थित एन्फा फुटबल मैदानमा भएको फुटबल प्रतियोगितामा विभिन्न विधाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

चिकित्सक, कलाकार तथा सरकारी सेवाका विशिष्ट ब्यक्ति सम्मिलित दुई समुहले सो मैत्रिपूर्ण खेलमा सहभागिता जनाएका थिए ।

सोही कार्यक्रममा मृगौला बचाउन के कस्ता विधि अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा अन्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।