
म्याग्दी । महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ ।
कोरोना संक्रमणको सन्त्रास कायमै रहेको बेलामा पनि भक्तजनहरुको भीडले गलेश्वरको रौनक बढेको छ ।
मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधनाका लागि देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो ।
बिहानदेखि नै मन्दिर खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजाआजा र दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्