Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


‘बि’ डिभिजनको अन्तिम खेलमा आज सातदोबाटो र आरसीटी भिड्ने


0
Shares

काठमाडौं । शहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता आज सकिंदैछ ।

एन्फा मैदान सातदोबाटोमा आज अन्तिम दिन दुई खेल हुनेछन् ।

पहिलो खेलमा झम्सिखेल युथ क्लब र मध्यपूर युथ एशोशिएसन प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा च्याम्पियन सातदोवाटो युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसीटी)को सामना गर्नेछ ।

१२ टोली सहभागि ‘बि’ डिभिजन लिग विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण अघिल्लो वर्ष चैत ५ गते रोकिएको थियो ।

संक्रमण विस्तारै नियन्त्रणमा आएपछि झण्डै एक वर्षपछि लिगका बाँकी खेलहरु गराईएको हो ।

यसपटकको लिगबाट च्याम्पियन सतादोवाटो ‘ए’ डिभिजनमा बढुवा भएको छ भने अंक तालिकाको पुछारमा रहेको पुल्चोक स्पोर्ट्स क्लब ‘सि’ डिभिजनमा झरेको छ ।