
बर्दिया, फागुन २६ । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ ।
मधुवन नगरपालिका-३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन-३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारको ज्यान गएको हो ।
बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेको हो ।
सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए ।
बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए ।
उनको शव दशगजामा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस्