
तस्वीरः एन्फा
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारले बाँसबारी क्लबमाथि ४–० गोल अन्तरको जित निकाल्यो । खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक–एक गोल गरे ।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी समेत गरेको छ । खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ । सातदोबाटोले लिगको उपाधि यसअघि नै जितिसकेको छ । उपाधिसँगै सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भएको छ ।
बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्