
काठमाडौं, असोज २ । नाट्य, संगीत तथा सन्चार सेवामा उल्लेख्य योगदान पुर्याएका विभिन्न ८ जनालाई हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले सम्मान गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गीतकार यादव खरेल, संगीतकार दीपक जंगम र कलाकार शकुन्तला शर्मालाई नाट्यसंगीत विधाको पुरस्कारबाट सम्मानित गरियो ।
सन्चार सेवाबाट समाचारवाचिका भारती सिलवाल, वरिष्ठ पत्रकार पुरु रिसाल र निरोधराज पाण्डेलाई सम्मान गरियो ।
प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको लोकप्रिय सन्चारकर्मी पुरस्कारबाट भूषण दाहाल र लोकप्रिय कलाकार पुरस्कारबाट वीरेन्द्र हमाललाई सम्मानित गरियो ।
पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक तथा राजनीतिक क्षेत्रमा साहित्यको उल्लेखनीय प्रभाव रहेको धारणा राखे ।
नाट्य विधाको पुरस्कारको राशी जनही २५ हजार १११ रुपैयाँ र सन्चार सेवा विधाको पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्