संविधान संशोधन नभए ठूलो दुर्घटना निम्तिन्छ : बाबुराम • Image Khabar Image Khabar


संविधान संशोधन नभए ठूलो दुर्घटना निम्तिन्छ : बाबुराम


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १८:२७

संविधान संशोधन नभए ठूलो दुर्घटना निम्तिन्छ : बाबुराम

काठमाडौं, असोज २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए ठूलो दुर्घटना निम्तिने दाबी गरेका छन् ।

संघीय संसदको बजेट अधिवेशन समापनकाक्रममा बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानप्रति अझै ठूलो असन्तुष्टि रहेको भन्दै सबै नेपालीको भावना समेट्न संविधान संशोधन अपरिहार्य भएको जिकिर गरे ।

संविधानमाथि सरकारबाटै प्रहार : महतो

बैठकमा राजपा नेपालका सांसद राजेन्द्र महतोले संविधानमाथि सरकारबाटै प्रहार भइरहेको आरोप लगाए ।

सरकारबाटै संघीयता कमजोर पार्ने खेल भइरहेको आरोप लगाउँदै उनले ‘उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतले संविधान दिवस नमनाएपछि सरकारको वैधानिकतामा प्रश्न उठ्छ कि उठ्दैन ?’ भन्ने प्रश्न गरे ।

सांसद महतोले सरकारले सभामुखको ‘रुलिङ’लाईसमेत लगौटी लगाइदिएको भन्दै सरकारले संसदीय व्यवस्थाको अपमान गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्