८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


प्रेमीसँग मिलेर पतिको हत्या


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन ८ । कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गरेको अर्को घटना बाहिर आएको छ ।

भजनी नगरपालिका—९, भुरुवाका २६ वर्षीया गीता राजीले २० वर्षीय प्रेमी दिलीप राजीसँग मिलेर आफ्नै पति नन्दु राजीको हत्या गरेको घटना सार्वजनिक भएको हो ।

नन्दु यही साउन ४ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

त्यसबारेमा जानकारी पाएपछि खोजीमा जुटेको प्रहरीले स्थानीयले दिएको सूचनाका आधारमा मंगलबार बिहान १ बजेतिर गीता र उनका प्रेमी दिलीपलाई नियन्त्रणमा लिएको थियो । सोधपुछकाक्रममा दुवैजनाले हत्या गरेको स्वीकार गरेका जनाइएको छ ।

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले भुरुवाबाट करिब १ किमिको दूरीमा रहेको प्रतिक्षा सामुदायिक वनमा गाडेको अवस्थामा नन्दुको शव फेलापारेको छ ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले मंगलबार बिहान ८ बजेतिर शव उत्खनन् गरी पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको जानकारी दिए ।

प्रहरीले गीता र दिलीपलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मृतकका ७ र ३ वर्षका दुई छोरा छन् ।