नेकपा सचिबालय बैठक स्थगित • Image Khabar Image Khabar


नेकपा सचिबालय बैठक स्थगित


Imagekhabar
२ आश्विन २०७६, बिहीबार ११:५२

नेकपा सचिबालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिबालय बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्थताको कारण सचिवालय बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ । बैठक भोलिका लागि सारिएको हो ।

आजको बैठकमा नेकपाको प्रदेश २ को कमिटीमा जारी विवादबारे छलफल गर्ने बताइएको थियो ।

साथै, पार्टीको लेखा आयोग, अनुशासन आयोग, प्रवास कमिटी लगायत विभिन्न भ्रातृ संगठनहरुको इन्चार्ज तोक्ने विषयमा पनि छलफल हुने नेकपा स्रोतले जनाएको थियो ।

प्रदेश २ मा जिल्ला कमिटी चयन गर्दा एकलौटी गरेको भन्दै नेकपामा विवाद चुलिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता तथा कार्यकर्ताले केन्द्रमा लिखित असन्तुष्टी दर्ता गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्