Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


कानुनमन्त्री तामाङलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा धर्ना


0
Shares

काठमाडौं, साउन ८ । नेपाल विद्यार्थी संघले कानुनमन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न माग गर्दै मंगलबार प्रधानमन्त्रीको सरकारी निवासअगाडि बालुवाटारमा धर्ना दिएको छ ।

नेविसंघसम्बद्धहरुले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्केका छात्राहरुप्रति कानुनमन्त्री तामाङले दिएको अभिव्यक्ति अशोभनीय भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

उनीहरुले छात्राहरुको अस्मितामाथि प्रहार भएको भन्दै कानुनमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।