Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ओली र दाहालले एकताको लागि फेरि छलफल गर्नुपर्छ– रघुजी पन्त


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ ।

पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको बीचमै निस्कनुभएका पन्तले सञ्चारकर्मीसँग कुरा गर्दै अदालतको फैसलाबाट नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्भव भएदेखि एकता जोगाएर अघि बढ्नुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।

‘एकता प्रक्रिया आफैँमा महत्वपूर्ण थियो, यदि जोगाएर जान सकिन्छ भने सम्भावनाहरूलाई खोज्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एकताका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफल गरेर एकतालाई अघि बढाउने सम्भावनाहरूको पनि खोजी गर्नुपर्छ ।’

सर्वोच्चको फैसलालाई मान्नुपर्ने बाध्यता भए पनि यसलाई अलिक बढी राजनीतिक भएको धारणा स्थायी कमिटीका सदस्यहरूले राखेको पन्तले जानकारी गराउनुभयो । उहाँले पनि सर्वोच्चको फैसला राजनीतिक भएको बताउनुभयो ।