Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


निजी वन सम्बन्धी कानुनलाई किसानमैत्री बनाइन्छ: मन्त्री आले


0
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको छ ।

सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले निजी वन सँग सम्बन्धीत कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै निजी वन पैदावारको काठ कटान, ओसार पसार, बिक्रि वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको हो ।

आगामी आर्थिक वर्षमा निजी वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उहाँको भनाई छ । निजी वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उहाँले बताउनुभयो ।

सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको उहाँको भनाई छ । जडिबुटी राज्यले निशुल्क उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक निजी वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।