Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


इन्द्रावतीमा भृकुटी पार्क बन्दै, यस्तो छ डिपिआर


0
Shares

किरण थापा

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–४ नवलपुरमा भृकुटी पार्क बन्ने भएको छ ।

गाउँपालिकाको पहलमा बन्न लागेको उक्त पार्कको डीपीआर तयार भएको छ ।

पार्कको डीपीआर ग्रीन डिजाइन सोलुसन प्रालिका प्रबन्ध निर्देशक आर्किटेक्ट नवीन घिसिङको नेतृत्वमा तयार पारिएको गाँउपालीका अध्यक्ष बशंलाल तामाङले बताउनुभयो ।

तिब्बतका राजा स्रंचङगम्पोले नेपाली चेली भृकुटीलाई बिहे गरेर त्यही बाटोबाट लगेकोले त्यसकै सम्झनास्वरूप पार्क निर्माण गर्न लागेको आर्किटेक्ट घिसिङले जानकारी दिनुभयो ।

भृकृटीलाई विहे गरेर यही बाटोबाट लगेको हुनाले सम्झनामा पार्क गाउँपालिकाले निर्माण गर्न लागेको हो ।

१२ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त पार्कको लागत करिब २ करोड रहेको छ ।

यसका लागि पर्यटन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । पार्कमा योग, व्यायामसमेत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

गाउँपालिकामा आउने सेवाग्राही थकाइको महसुस भएका बेला विश्राम गर्न सकुन् भनेर पनि गाउँपालिककै छेउमा निर्माण गर्न लागेको बताईएको छ ।