२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र हुँदैछः अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् ।

“हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।”

उनले भए/नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे ।

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा  बोल्दै उनले प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए । रासस