भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् ।
बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए ।
“कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भने, “यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।”
उनले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताए । “कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उनले भने”, “हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।”
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए ।
एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गरे । रासस
प्रतिक्रिया दिनुहोस्