
ताप्लेजुङ, फागुन २२ । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले ताप्लेजुङका आगलागीबाट विस्थापितहरुको पुर्नस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
ताप्लेजुङको आगलागी भएको दोभान क्षेत्रको निरीक्षण गर्दै उहाँले आगलागी पीडित परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोगसमेत गर्नु भएको छ ।
ताप्लेजुङबाट निर्वाचिन प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले तीन वटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरुको समन्वयमा आगलागीबाट हुने क्षतिको न्युनिकरणका लागि आवश्यक योजना समेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
गत मंगलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्