कपिलवस्तु, भदौ ३१ । सभामुख कृष्णबहादुर महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।
मंगलबार कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औं स्थापना दिवस एवं सालिक अनावरण कार्यक्रममा सभामुख महराले जनतामा देखिएका निराशालाइ उचित सम्बोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
जनताले दिएको ‘म्यान्डेट’लाई राजनीतिक दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको भन्दै उनले संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरुप हल गर्नुपर्ने बताए ।
संविधानमा तीन तहको अधिकारका विषयलाई नीतिगतरुपमा सम्बोधन गरिएपनि अझै ठोसरुपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।
भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्यायले मानवीय विकास सूचकांकमा कपिलवस्तु पछि परिरहेको अवस्थामा यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्