'विप्लव' समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन • Image Khabar Image Khabar


‘विप्लव’ समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन


Imagekhabar
२० फाल्गुन २०७७, बिहीबार ०९:४९

'विप्लव' समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिनुभएको थियो ।

सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्