आउँदैछ ३०० किमी प्रतिघण्टा चल्ने सुजुकी हायाबुसा, टिजर सार्वजनिक • Image Khabar Image Khabar


आउँदैछ ३०० किमी प्रतिघण्टा चल्ने सुजुकी हायाबुसा, टिजर सार्वजनिक


Imagekhabar
२० फाल्गुन २०७७, बिहीबार ०८:२४

आउँदैछ ३०० किमी प्रतिघण्टा चल्ने सुजुकी हायाबुसा, टिजर सार्वजनिक

काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले लोकप्रिय बाइक सुजुकी हायाबुसाको नयाँ जेनेरेसनको आधिकारिक टिजर सार्वजनिक गरेको छ । उक्त भिडियोमा सो बाइक चाँडै लन्च गर्ने घोषणा गरिएको छ । सो टिजरको माध्यमबाट नयाँ जानकारी सार्वजनिक भएको छ ।

भिडियोमा बाइकको प्रोफाइलको ग्लास स्पार्क्स ब्ल्याक/क्याडी बर्न गोल्ड कलर स्किममा सिल्हुटको खुलासा गरेको छ । जसमा मस्क्युलर फ्युल ट्यांक, लामो विन्डस्क्रिन र रियर हम्प देखाइएको छ । हायाबुसामा ३०० किलोमिटर प्रतिघन्टाको स्पिड लिने क्षमता रहेको छ । प्रदूषण मापदण्डका कारण यो बाइकको उत्पादन बन्द गर्ने घोषणा गरिएकोमा फेरि बजारमा उपलब्ध हुन थालेको हो ।

हायाबुसामा पहिले भनेको जस्तो केही नयाँ अपडेट गरिएको छैन । सो बाइक कावासाकी निन्जा एच२ सँग प्रतिस्पर्धा गर्नेछ । जसमा कस्मेटिक अपडेट र इन्जिनमा केही परिवर्तन गरिएको छ । जबकि फ्रन्ट ब्रेक सेटअपमा पनि सुधार गरिएको छ ।

नयाँ हायाबुसामा नयाँ एलईडी हेडल्याम्प र अपडेट सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा टीएफटी डिस्प्ले समावेश गरिएको छ । सो बाइकमा ६ एक्सिस आइएमयु पावर्ड तीन पावर मोडल सेलेक्टर, ट्रयाक्सन कन्ट्रोल, इन्जिन ब्रेक कन्ट्रोलको तीन लेबल, बाई–डाइरेक्सनल क्विक सिफ्ट, लन्च कन्ट्रोल, क्रुज कन्ट्रोल, एन्टि लिफ्ट कन्ट्रोल, कर्नरिङ एबीएस र माउन्टेन कन्ट्रोल समावेश रहेको छ ।

पावरको लागि २०२१ सुजुकी हायाबुसामा १३४० सीसी इनलाइन चार सिलिन्डर डिओएचसी फ्युल इन्जेक्टेड इन्जिन समावेश रहेको छ । जसले १९० एचपीको अधिकतम पावर र १५० एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड ट्रान्समिसन समावेश गरिएको छ

सो बाइक २६४ किलोग्रामको रहेको छ । नयाँ सुजुकी हायाबुसाको फ्रन्टमा ४३ एमएम केवाईबी युएसडी फोक्र्स र रियरमा लिंक टाइप रहेको छ । यसमा ब्रिजस्टोन ब्याटलएक्स एस२२ को टायर रहेको छ ।

सुजुकी हायाबुसा निकै नै महंगो बाइक हो । नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य २५, ३० लाख रुपैयाँ भन्दा बढी नै पर्न सक्छ । नेपालमा यो बाइक बिक्रीका लागि उपलब्ध हुने सम्भावना भने कमै मात्र हुन्छ ।

हाल नेपालमा भीजी अटोमोबाइल्सले सुजुकीका बाइक बिक्री गरिरहेको छ । यो भन्दा पहिले दि गणेश इन्टरप्राइजेज सुजुकीको आधिकारिक वितरक हुँदा हायाबुसा बाइक पनि बिक्रीका लागि उपलब्ध थियो । सुजुकी हायाबुसाको एक युनिट कान्तिपथस्थित सौरभ ज्योतिले सञ्चालन गरेको एसजे मोटोमा प्रदर्शनका लागि राखिएको छ । अवलोकन गर्न चाहने बाइकरहरुले हायाबुसाको मोडल एसजे मोटोमा गएर हेर्न सकिन्छ । नेपाल अटो

प्रतिक्रिया दिनुहोस्