दाहाल र नेपाल दूधमा परेका झिङ्गा : महेश बस्नेत • Image Khabar Image Khabar


दाहाल र नेपाल दूधमा परेका झिङ्गा : महेश बस्नेत


Imagekhabar
१९ फाल्गुन २०७७, बुधबार १८:३३

दाहाल र नेपाल दूधमा परेका झिङ्गा : महेश बस्नेत

चितवन, फागुन १९ । नेकपा ओली समूहका नेता महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको संज्ञा दिनुभएको छ ।

चितवनमा बुधबार युवा संघको कार्यक्रममा बोल्दै उहाँले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भईरहँदा दाहाल र नेपाल कम्युनिष्ट एकता प्रक्रियाबाट उछिट्टिएको आरोप लगाउनुभयो ।

केपी ओलीले नचाहेसम्म उहाँलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने दावी गर्दै बस्नेतले संसद पुनस्थापना पछि ओली झन् शक्तिशाली भएको जिकीर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्