
तेह्रथुम, फागुन १९ । तेह्रथुमको छथर गाउँपालिकामा किबी खेती रोजेका कृषकलाई व्यावसायिक बनाउन तालिम दिइएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाअन्तर्गत कृषकहरुलाई तालिम दिइएको हो ।
किबी खेतीको परिचय, रोपण विधि, काटछाँट, रोग किरा नियन्त्रणलगायतका विषयमा कृषकलाई तालिममार्फत जानकारी गराइएको किबीखेती पकेट सञ्चालक समन्वय समितिका संयोजक जितबहादुर मगरले जानकारी दिनुभयो ।
तालिममा २५ जना किबी कृषकहरुको सहभागिता थियो ।
तालीम किबीखेती पकेट सञ्चालक समन्वय समिति र छथर गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्