एजेन्सी । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) का अध्यक्ष अहमद अहमदले पाँच वर्षको प्रतिबन्धविरुद्ध अपिल गर्नुभएको छ । अहमदले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्नुभएको हो ।
६१ वर्षीय अहमदले स्विजरल्याण्डको जुरिचमा रहेको कासको हेडक्वाटरमा अपिल दर्ता गराउनुभएको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले काफ अध्यक्ष अहमदलाई पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । फिफाको आचार संहिता उलंघन गरेको कारण प्रतिबन्ध गरिएको फिफाले जनाएको छ ।
फिफाका उपाध्यक्ष समेत रहनुभएका अहमदले पद तथा कोषको दुरूपयोग लगायतका विभिन्न आचार संहिताहरू उल्लंघन गरेको फिफाले जनाएको छ । अहमदले सन् २०१७ देखि १९ सम्म आचार संहिता उल्लंघन गरेको फिफा जनाएको छ । अहमद सन् २०१७ मा काफका अध्यक्ष चुनिनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्