Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


लनटेनिसको उपाधि रितिक र प्रेरणालाई


0
Shares

बुटवल । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् ।

मंगलबार भएको फाइनल खेलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । महिला सिङ्गलको उपाधि प्रेरणा कोइरालाले जितिन् । उनले फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन् ।

पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले संजय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे । बुटवलका श्रेष्ठ पहिलोपटक फाइनल पुगेका हुन् ।

यसैगरी ४५ प्लसतर्फ चन्द्र शाहीले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले ।

बिजेताहरूले नगद रु ४५ हजार प्राप्त गरेका छन् । यसैबीच नेपालका टेनिस खेलमा महत्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित सम्मान गरिएको थियो ।