Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


राष्ट्र विकासका लागि प्रविधिको विकासमा जोड दिनुपर्छ– मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेस्रो दिक्षांन्त समारोहमा मन्त्री श्रेष्ठले आधुनिक शिक्षा प्रणालिको विकासका लागि प्रविधिमैत्री शिक्षा आवश्यक रहेकाले त्यसका लागि शिक्षा ऐनको संशोधन गरी काम थालिने बताउनुभयो ।

बेलायत स्थित चर्चित बेडफर्डशाइर विश्वविद्यालयसँग आवद्ध पीसीपीएसमा अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेसन विषयहरूको अध्यापन हुँदै आएको छ ।

कलेजले विभिन्न आइटी कम्पनीहरूसँग साझेदारी गरी आर्टिपिÞmसिएल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ ।