४ असार २०८२, बुधबार | Thu Jun 19 2025


४० अंकले नेप्से बढ्दा चन्द्रागिरी हिल्सका लगानीकर्ताले बढी कमाए


0
Shares

काठमाडौं । पछिल्ला केही दिन ओरालो लागेको शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच बजार परिसूचक नेप्से ४० अंकले उकालो लागेर २५ सय १५ पुग्यो ।

कारोबार भने औसत दिनका तुलनामा न्यून रह्यो । यस दिन सबै समूह हरियो रहँदा जीवन बिमा समूहमा सबैभन्दा उच्च ३ सय ५९ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १ सय ८३ अंकले उकालो लाग्यो ।

यस्तै, व्यापार समूह ९७ अंक, लघुवित्त समूह ८१ अंक अनि उत्पादनमूलक समुह पनि ६८ अंकले उकालो लाग्यो । होटल समूह पनि ५५ अंकले बढ्दा अरु समुहमा पनि दाहोरो अंकको सुधार आयो ।

यसदिन चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा सिटिजन म्यचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस दिन १ सय ६३ कम्पनीको शेयर मूल्य बढ्दा ४ कम्पनीको मूल्य मात्र घटेको छ ।

सोमबार ७ कम्पनीको मूल्य स्थीर रहेको छ । नेपाल स्टक एक्सचेन्जमा २ सय ९ कम्पनीको १ करोड १८ लाख बढी कित्ता शेयर ५ अर्ब ६९ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।