 
	    पोखरा, भदौ २९ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित निर्माणाधीन कुनै पनि पूर्वाधारका काम बजेटका कारणले नरोकिने बताएका छन् ।
पोखरा रंगशाला निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले मंसिर १५ गतेदेखि हुने सागका लागि बजेटको कारण देखाएर पूर्वाधार निर्माणको काम नरोक्न निर्देशन दिए । उनले साग नेपालको प्रतिष्ठाको विषय भएकाले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन दिए ।
मन्त्री विश्वकर्माले नयाँ खेलकुद ऐन चालु अधिवेशनबाट पारित भए कानुनबमोजिम जिल्ला तहमा खेल पदाधिकारी नियुक्त गर्ने जानकारी दिए ।
खेलकुद मन्त्रीले बजेटको अभावमा पूर्वाधारका काम नरोकिने भने पनि बजेटकै अभावले थुप्रै निर्माण कार्य अघि बढ्न सकेको छैन । ठेक्का र उपभोक्ता समिति मार्फत काम गराउँदा पनि पेश्की बजेट दिएर काम लगाउनुपर्ने बाध्यता छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्