२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


‘जनमत बलियो भए पनि अन्तर्घातले गर्दा कांग्रेस कमजोर’


0
Shares

काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रन्जितले पार्टीको संगठन वडा कमिटी तहसम्मनै क्रियाशील बनाउनु पर्ने बताएका छन् ।

दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत आइतबार काठमाडौंमा भएको छलफलमा उनले कांग्रेसको जनमत बलियो भए पनि अन्तर्घातले गर्दा पार्टी कमजोर भएको बताए ।

उनले सर्वोच्च नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अन्तरघात सहनु परेको कांग्रेसको इतिहास रहेको भन्दै कांग्रेस अब पनि नसच्चिए ठूलो घाटा व्यहोर्नु पर्ने बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले अन्तर्घात गर्नेहरुलाई कारवाही गर्नुपर्ने भन्दै असन्तुष्ट पक्षलाई पनि समेटेर लैजानु पर्नेमा जोड दिए ।