कांग्रेस सडकमा, ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ • Image Khabar Image Khabar


कांग्रेस सडकमा, ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १७:३६

कांग्रेस सडकमा, ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार माइतीघर मन्डलामा गरिएको प्रदर्शनमा घटनाका दोषीलाई तत्काल कारबाहीको माग गरिएको थियो ।

प्रदर्शनकारीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भन्ने व्यानर प्रदर्शन गरेका थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

गएको बिहीबार बाँकेमा कांग्रेसको राष्ट्रिय जागरण अभियानकाक्रममा जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । उनको हात भाँचिएको छ । यस्तै, करिब एक दर्जन स्थानीय नेता–कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्