Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नेपालमा खनिजको प्रशस्त सम्भावना भएपनि पुगेन सरकारी चासो


156
Shares

काठमाडौं, फागुन १४ । नेपालमा खनिज उत्पादनको प्रशस्त सम्भावना भएपनि सरकारले भने खासै ध्यान दिएको छैन ।

नेपालमा चुनढुंगा, मार्बल, खरी, जिङ्क, फलाम, सुन, रत्नपत्थर, अभ्रक, सीसा, ग्राभेल, तामा, जस्ता खनिज उत्पादनको सम्भावना रहेको बताइन्छ ।

कोइलादेखि पेट्रोलियम तथा प्राकृतिक ग्याँस तथा अर्बौ रुपैंया आम्दानी गर्न सकिने युरेनियम जस्ता अनेकौं खनिज पदार्थहरुको समेत सम्भावन रहेको पनि विज्ञहरुले बताउँदै आएका छन् ।

यीनको अध्ययन, अन्वेषण पनि भएका छन तर व्यवसायिक रुपमा उत्खनन् र प्रशोधन उद्योग स्थापना हुन सकेको छैन ।

नेपालमा व्यवसायीक रुपमा स्थापनाका लागि स्वदेशी तथा विदेशी गरि १ सय ५० भन्दा बढि व्यवसायीक कम्पनीले उत्खनन र अन्वेषणका लागि लाईसेन्स लिएका छन् तर सरकारी समन्वयनको अभावमा यी कम्पनीले कुनै काम अगाडी बढाएका छैनन् ।

खानी तथा भुगर्भ विभागसँग आवश्यक मात्रामा जनशक्ति नभएका कारण विभागले धातुको सम्भाव्यता अध्ययन गर्न समेत सकेको छैन ।

विभागमा हाल भुभर्ग उत्खनन सम्बन्धी जम्मा ६० जना प्राविधिक रहेको बताइएको छ ।

जसका कारण विभागले चाहेजति अन्वेषण गर्न नसकेको विभागका प्रवक्ता जयराज घिमिरे बताउनुहुन्छ ।

दक्ष प्राविधिक अभावकै कारण नेपालको २७ हजार वर्ग मिटर उच्च हिमाली क्षेत्रमा अझै पनि अध्ययन हुन नसकेको उहाँको भनाइ छ ।

देश संघियतामा गईसक्दा समेत न प्रादेशिक तहमा न स्थानीय तहमा विभाग स्थापना भएका छ ।

अझै पनि स्थानीय तहका स साना कामका लागि पनि केन्द्रबाटै काम गर्नुपर्ने बाध्यता रहेको बताउनुहन्छ विभागका प्रवक्ता घिमिरे ।

सरकारले चालु आर्थिक वर्षका लागि भु वैज्ञानिक अनुसन्धानका लागि २ करोड र धातु अन्वेषणका लागि ७ करोड ८३ लाख बजेट छुट्टयाएको थियो ।

सरकारले विभागलाई साधन स्रोतसम्पन्न बनाएर स्वदेशमा भएका खानी तथा खनिज स्रोतको अन्वेषण र उत्खननमा ध्यान दिनुपर्ने देखिएको छ ।