पितृमोक्ष महायज्ञ तथा श्रीमद्भागवत कथावाचन • Image Khabar Image Khabar


पितृमोक्ष महायज्ञ तथा श्रीमद्भागवत कथावाचन


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १७:२२

पितृमोक्ष महायज्ञ तथा श्रीमद्भागवत कथावाचन

काठमाडौं, भदौ २८ । सोह्रश्राद्धको अवसर पारेर काठमाडौंको बागबजारस्थित राममन्दिर परिसरमा पितृमोक्ष महायज्ञ तथा श्रीमद्भागवत कथावाचन प्रारम्भ गरिएको छ ।

प्रमुख वाचक आचार्य मुरलीधर पोखरेलबाट सुरु भएको महायज्ञमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

शनिबारको कार्यक्रममा भक्तजनहरुले दिवंगत आत्माको शान्तिको कामना गर्दै पितृपूजा गरेका थिए भने कलाकारहरुबाट भक्तिसंगीत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्