४ असार २०८२, बुधबार | Wed Jun 18 2025


रसुवागढीको विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो


0
Shares

रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिने भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभए पछि समयसीमा थप्नका लागि प्रक्रिया अघि बढाएको हो ।

इलेक्ट्रोमेकानिकल तर्फको कार्य गर्नका लागि उपकरण जडान कार्य गर्न करिब एक वर्ष लाग्ने भएकाले आयोजनाले २०७९ जेठ भित्र विद्युत् उत्पादन गर्ने गरी समयसीमा थप्न लागेको आयोजना प्रमुख छबि गैरेले जानकारी दिनुभएको छ ।

निर्माणस्थलमा सामग्री आइसकेको भएपनि जडान गर्ने जनशक्ति नआउँदा काम सुरु हुन नसकेको आयोजनाले जनाएको छ ।

आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायतका काम भइरहेको छ ।

आयोजनाको ८० प्रतिशत काम सकिएको छ । १११ मेगावाट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।

निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।