Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


रवि लामिछाने ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी


0
Shares

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले ‘ग्यालेक्सी फोरके’ टिभीको नामको नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।

लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका फोरके टिभी नेपालमा पहिलो भएको लामिछानेले दावी गरे।

काठमाडौंमा आज एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताउनु भयो ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उहाँको भनाई छ।