२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


स्थगित बी डिभिजन लिग फुटबल मंगलबारदेखि सुरु:पहिलो दिन दुई खेल


0
Shares

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछन् । कोरोना भाइरसको महामारी सुरु भएपछि स्थगित ‘बी’ लिग आजबाट फेरि सुरु हुन लागेको हो ।

कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो । पहिलो दिन आज लिगमा दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सतदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यपुर र नयाँ बस्तीबीचको खेल मध्यान्ह सुरु हुनेछ । अपरान्ह ३ बजे हुने दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लब आमनासामने हुँदैछन् ।