मोटरहेडको नेपालमा सर्वाधिक रुचाइएको बाइक टेक्कन २५० • Image Khabar Image Khabar


मोटरहेडको नेपालमा सर्वाधिक रुचाइएको बाइक टेक्कन २५०


Imagekhabar
९ फाल्गुन २०७७, आईतवार ०८:५०

मोटरहेडको नेपालमा सर्वाधिक रुचाइएको बाइक टेक्कन २५०

काठमाडौं । नेपाली बजारमा उपलब्ध मोटरहेडका बाइक मध्ये सबैभन्दा बढी रुचाइएको बाइक टेक्कन २५० हो । विश्व रेकर्ड कायम गर्न सफल भएको डर्ट बाइक टेक्कन २५० युवाहरुका लागि रुचिकर बाइक बनेको छ ।

नेपालमा मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले देशभर रहेका विभिन्न सोरुमहरुमा सो बाइकको टेस्ट ड्राइभ गर्न र विभिन्न जानकारी लिन सकिने बताएको छ ।

मोटरहेड टेक्कन बाइकमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क प्रदान गर्छ । यस बाइकमा पावर भन्दा बढी टर्क भएको कारण जस्तोसुकै अफरोड र उकालो बाटोमा सजिलै तान्दछ । बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ ।

सो बाइकले प्रति एक सय किलोमिटरमा २.१ लिटर मात्र इन्धन खपत गर्ने भएकोले धेरै इन्धन किफायती समेत छ । ६ स्पिड गियरबक्स भएको यो बाइकमा २६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जसले गर्दा जस्तोसुकै अफरोड बाटोमा मोटरसाइकल गुडाउँदा इन्जिन भुँइमा नछुने हुनाले इन्जिन पनि सुरक्षित हुन्छ ।

एलइडी हेडलाइट भएको टेक्कन २५० मा टायर फ्रन्टमा ११०।९०—१७” र रियरमा १३०।८०—१७” छन् भने १३९० मिलिमिटरको ह्विलबेस भएको दुबै ह्विलहरुमा ड्यूअल पिस्टन क्यालिबर सहितको डिस्कब्रेक दिएको छ ।

त्यसैगरी यस बाइकमा फ्ल्याट ह्यान्डलबार दिइएको छ जसले अफरोडिङको समयमा बाइक पल्टेमा ह्यान्डल नबाङ्गिने र लामो यात्रा गर्दा थकाई महसुस नभई ढाड दुख्ने जस्ता समस्या नआउने हुन्छ । जसले गर्दा यात्रालाई सहज बनाउने भएकोले टेक्कन २५० नेपाली बजारमा ग्राहकहरुले एकदमै रुचाएको कम्पनीको भनाइ छ ।

मोटरहेड टेक्कन २५० बाइकको मूल्य ३ लाख ९५ हजार रुपैंया छ । २५० सीसी सेगमेन्टमा यो निकै नै प्रतिस्पर्धि मूल्य हो ।

यस कम्पनीका बाइकहरु यदि किस्तामा किन्न चाहेमा कमसेकम ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर आवश्यक सम्पूर्ण कागजात बुझाएमा पाइन्छ ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्