काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचाका लागि सिंगापुर गएपछि रोकिएको सचिवालय बैठक आज अपरान्ह चार बजेका लागि बोलाइएको हो ।
नेकपामा रहेका केन्द्रीय निकायहरु लेखा, अनुशासन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्चलगायतको नेतृत्व टुंगो लगाउन बाँकी छ ।
त्यसैगरी पार्टीको पोलिटव्यूरो गठनलगायतका एजेण्डा पनि बाँकी नै रहेका छन् ।
प्रधानमन्त्री ओली यही भदौ ५ गते सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा एउटा बैठक बसेको थियो ।
बैठकमा नेत्रविक्रम चन्द समूह र नयाँशक्ति पार्टीबाट आएका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय भएको थियो ।
प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि दाहालसँग नियमित अनौपचारिक छलफल भइरहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्