२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सवारी दुर्घटना : आइएमइ बैंक फिक्कलका शाखा प्रमुख आचार्यको मृत्यु


0
Shares

accident

काठमाडौं । पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा हिजो उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।