Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सोलुखुम्बुका नौ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु हुने


0
Shares

सोलुखुम्ब । सोलुखुम्बुका नौ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु हुने भएको छ । अघिल्लो वर्ष चार वटा विद्यालयमा उक्त कार्यक्रम लागू भएको सोलुखुम्बुमा चालु आर्थिक वर्षमा प्रदेश १ स्थित सामाजिक विकास मन्त्रालयले थप पाँच विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जिल्लाको लिखुपिक गाउँपालिकामा सञ्चालित बुद्ध माध्यामिक विद्यालय गोली, माप्यदूधकोसी गाउँपालिकाको सगरमाथा माध्यामिक विद्यालय, नेचासल्यान गाउँपालिकाको केदार माध्यामिक विद्यालय, थुलुङ दूधकोकोसी गाउँपालिकाको जनकल्याण माध्यामिक विद्यालय, खुम्बु पासाङल्हमू गाउँपालिकाको खुम्जुङ माध्यामिक विद्यालयमा यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम लागु भएको हो ।

विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि छनौट भएका विद्यालयमा नर्स नियुक्ति प्रक्रियामा रहेको बताइएको छ ।