१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


चरम राजनीतिक हस्तक्षेपका कारण पूर्वाञ्चल विश्वविद्यालय अस्तव्यस्त


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयमा राजनीतिक स्वार्थका कारण अस्तव्यस्त बन्दै गएको छ ।

आफ्ना स्वाथ पूर्तिका लागि अनेक बहानामा विश्वविद्यालयमा तालाबन्दी गर्दा पठनपाठन र अन्य काम प्रभावित बनेको हो ।

विश्वविद्यालयलाई ज्ञान, विज्ञान तथा आदर्शका साथै नैतिकता सिकाउने केन्द्रका रुपमा चिनिन्छ । जुन  संस्कार सिक्ने र सिकाउने विशुद्ध प्राज्ञिक थलो पनि हो ।

तर पूर्वाञ्चल विश्वविद्यालयमा भइरहेको गतिविधिले त्यसको उपहास गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आन्दोलनका बहानमा तालामाथि ताला खप्टिएका छन् ।

आवरणमा विभिन्न माग राखिएको छ तर त्यसभित्रको निहित स्वार्थ फरक छन् । २२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयमा विवादै विवाद छन् । 

शैक्षिकस्तर सुधार्ने भन्दा पनि कसले बढी ताला लगाउने होडबाजीमा विश्वविद्यालय गुज्रिएको छ ।

उपकुलपति, रजिष्टार,लेखाशाखासहित सेवा आयोगको कार्यालयमा अनेरास्ववियू,अखिल क्रान्तिकारीसहितका पाँच विद्यार्थी संगठनले कर्मचारी बढुवामा धाँधली भएको लगायतका माग राखेर तालाबन्दी गरेको अनेरास्ववियू प्रदेश नम्बर १ का सहइन्चार्ज भास्कर खनालको भनाइ छ ।

अर्कोतिर नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि विभिन्न माग राखेर ताला झुण्डाएको छ  ।

नवनियुक्त उपकुलपति विजुकुमार थपलियालाई काम गर्न नदिने भन्दै उनको कार्यकक्षसहित रजिस्टार र लेखा शाखामा ताला लगाइएको हो ।

थरिथरिका माग राखेर ताला लगाउँदा पठनपाठनसँगै प्रशासनिक काम पनि प्रभावित भएको विश्वविद्यालयका सूचना अधिकारी फणिन्द्र गौतम बताउँछन् ।

यता विश्वविद्यालयका उपप्राध्यापक दिनेशराज सुवेदी भने राजनीतिक दाउपेचले वर्षभरी तालबन्दी हुँदा समस्या भएको धारणा राख्छन् ।