२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


थप ९७ संक्रमण, ११४ संक्रमणमुक्त, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, फागुन ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ ।

हाल देशभर १ हजार ५ ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।