कांग्रेसमा अझैपनि सत्ताको लालसा : शेखर • Image Khabar Image Khabar


कांग्रेसमा अझैपनि सत्ताको लालसा : शेखर


Imagekhabar
२४ भाद्र २०७६, मंगलवार १७:५०

कांग्रेसमा अझैपनि सत्ताको लालसा : शेखर

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमा अझैपनि सत्ताको लालसा विद्यमान रहेको आरोप लगाएका छन् ।

बीपी कोइराला स्मृति ट्रष्टले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट विचलित बन्दै गइरहेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रममा यो वर्षको साहित्य सम्मान कवि एवं साहित्यकार बैरागी काइँलालाई प्रदान गरियो । सम्मानको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ ।

यसैगरी, राजनीतिज्ञ मधुसुधन सिंहलाई यो वर्षको बीपी सेनानी सम्मानबाट सम्मानित गरियो ।

पार्टी एकता

यसैबीच, बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस बीपी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच पार्टी एकता भएको छ ।

प्रतिक्रिया दिनुहोस्