
हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले जुन दिन कांग्रेस एकढिका हुन्छ त्यो दिन दुनियाँका कुनै पनि शक्तिले हराउन नसक्ने दावी गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजले मकवानपुरको हेटौंडामा गरेको कार्यक्रम बोल्दै डा.कोइरालाले यतिबेला प्रजातन्त्रिक शक्तिहरु एक हुनुपर्ने बताए ।
कम्युनिस्टको सरकार र सत्ता कस्तो भन्ने जनताले देखिसके, अब जनताको आकांक्षा पुरा गर्न कांग्रेस एक हुनुपर्यो’, उनले भने ।
कार्यक्रममा बोल्दै उनले पार्टीमा नेतृत्वको परिवर्तन गर्नु पनि जरूरी भएको बताए । नेतृत्व परिवर्तन भयो भने पार्टी अझ चलायमान हुन्छ, उनले भने ।
कार्यक्रममा अर्थवीद डाक्टर नारायण नरसिंह खत्रीले मुलुकको भावी अर्थनीति र प्रजातान्त्रिक समाजवादका बारेमा प्रवचन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्